प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार सुरु, स्वास्थ्य सामान्य

<span class='c1'>प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी</span> <span class='c2'>हस्पिटलमा उपचार सुरु, स्वास्थ्य सामान्य</span>

काठमाडौँ, भदौ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा शुक्रबारदेखि नै उपचार सुरु गरिएको छ । स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि प्रधानमन्त्री ओली बिहीबार सिङ्गापुर जानुभएको थियो ।
सिङ्गापुरबाट आइतबार टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले भन्नुभयो, “प्रधानमन्त्री ओलीको मिर्गौलामा ‘एन्टीबडी’को मात्रा बढेकाले प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा शुक्रबारबाटै उपचार सुरु गरिएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।” उहाँले प्रधानमन्त्री ओलीको उपचार अझै १० दिनसम्म हुनसक्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको उपचार सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ । उक्त अस्पताल मिर्गौला उपचारको क्षेत्रमा ख्यातिप्राप्त मानिन्छ । डा. शाहका अनुसार प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस उपचार विधि अझै केही पटक गरिनेछ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको उपचार सुरु गरिएको र स्वास्थ्यस्थिति सामान्य अवस्थामा रहेको भन्दै आइतबार ट्विट गर्नुभएको छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्