धरौटी बुझाएर रवि लामिछाने सहित तीनै जना थुनामु्क्त

<span class='c1'>धरौटी बुझाएर रवि लामिछाने</span> <span class='c2'>सहित तीनै जना थुनामु्क्त</span>

बीबीसी/चितवन । चितवन जिल्ला अदालतको आदेशपछि पाँच लाख धरौटी बुझाएर सञ्चारकर्मी रवि लामिछाने सोमबार साँझ रिहा भएका छन्। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरूत्साहनको मुद्दामा जिल्ला अदालतले सोमवार केही समयअघि लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अर्की अभियुक्त अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।

उनीहरूसँग बयान लिएपछि सोमबार थुनछेक बहस सम्पन्न गरी न्यायाधीश हेमन्त रावलको इजलासले यस्तो निर्णय सुनाएको हो। लामिछानेसँगै तीन लाख रूपैयाँ धरौटी बुझाएर अर्का पत्रकार युवराज कँडेल पनि रिहा भएको हाम्रा चितवन संवाददाता इश्वर जोशीले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी टेकनारायण कोइरालाले बीबीसीसँग भने, "धरौटी बुझाएर उहाँहरू भर्खरै रिहा भएको जानकारी आएको छ"

जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले अदालतमा विचाराधीन आफ्नो मुद्दालाई प्रभावित पार्ने गरी लामिछानेले कार्यक्रम उत्पादन गर्न नपाउने पनि आदेशमा उल्लेख भएको बताए। यसअघि मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरूपण गर्ने निकाय रहेको क्षेत्रमा हुलदङ्गा र अशान्ति हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले भरतपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको थियो।

तर पनि निषेधित क्षेत्रबाहिर लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका थिए। आत्महत्या दुरूत्साहनको अनुसन्धानका सिलसिलामा ११ दिनअघि पक्राउ परेका तीनै जना विरूद्ध प्रहरीले आइतबार अभियोग दायर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्