सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा हानी गर्छ : अध्ययन

<span class='c1'>सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा</span> <span class='c2'>हानी गर्छ : अध्ययन</span>

एजेन्सी ।सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा हानी पुर्‍याउने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सञ्जालले विज्ञले सोचेभन्दा पनि जटिल रुपमा किशोर/किशोरीहरूमा डिप्रेसनलगायतका मानिसक समस्या निम्त्याउने उल्लेख गरेको छ।

१३ वर्षदेखि १६ वर्षसम्म उमेरसमूहका एक हजार बालबालिकाको अन्तवार्ता लिएर गरिएको सो अध्ययन 'द ल्यानसेट चाइल्ड एन्ड एडोलोसेन्ट हेल्थ'मा प्रकाशित छ।

अध्ययनकर्ताहरूले सामाजिक सञ्जालले विशेषगरी किशोरीहरूमा शारीरिक व्यायाम र निद्रा घटाउने निष्कर्ष निकालेका छन्।

सामाजिक सञ्जालले आफैँ हानी नगर्ने तर त्यसको अत्यधिक प्रयोगले भने दैनिक जीवनमा बाधा पुग्ने निष्कर्ष अध्ययनको छ। सामाजिक सञ्जालको प्रयोगले शारीरिक व्यायाम कम गराउने मात्र नभएर मानसिक स्वास्थ्यमा समेत असर गर्ने र निद्रा पनि खल्बल्याउने अध्ययनले उल्लेख गरेको छ।

युएसएल ग्रेट अरमोन्ड स्ट्रिट इन्स्टिच्युट अफ चाइल्ड हेल्थका सहलेखक रुसेल भाइनर भन्छन्, ‘सामाजिक सञ्जालको धेरै प्रयोगले धेरैजसो किशोरकिशोरीहरुको ध्यान हानिकारक सामग्रीमा पुगिराखेको हुन्छ। त्यसमाथि साइबर बुलिङको धेरै नकरात्मक पाटोहरू पनि उनीहरुले अनुभव गरिरहेका हुन्छन्।’

युनिभर्सिटी अफ सरेमा क्लिनिकल साइकोलोजीका प्राध्यापक बब प्याटर्नका अनुसार मानसिक स्वास्थ्य र दैनिक जीवन सुधार गर्नका लागि सामाजिक सञ्जालको कम प्रयोग गर्नुपर्छ।

सन् २०१३ देखि २०१५ मा किशोरकिशोरीमा गरिएको एक अध्ययनले फेसबुक, इन्स्टाग्राम, ह्वाट्स-एप, ट्वीटर र स्न्यापच्याट दिनमा पटकपटक खोल्ने गरेको उल्लेख गरेको थियो। अध्ययनमा दिनमा ३ पटकभन्दा बढी प्रयोग गरिएकालाई बढी प्रयोग गरेको भनिएको थियो। तर अध्ययनले उनीहरूले सामाजिक सञ्जालमा कति समय बिताउँछन् भनेर उल्लेख गरेको थिएन।

सामाजिक सञ्जालको बढी प्रयोगले किशोरकिशोरीमा डिप्रेसनको लक्षण देखापर्ने अध्ययनकर्ताले बताएका छन्। सामाजिक सञ्जालका कारण धेरै तनाव झेल्नेमा किशोरीहरुको संख्या ६० प्रतिशत छ भने १२ प्रतिशत किशोरहरु सामाजिक सञ्जालको बढी प्रयोगको हुने गरेको छ ।  स्वास्थ्य खबरपत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्