अछाममा जीप दुर्घटना: २ जनाकाे ज्यान गयो, ५ जना घाइते

<span class='c1'>अछाममा जीप दुर्घटना: २ जनाकाे</span> <span class='c2'>ज्यान गयो, ५ जना घाइते</span>

अछाम । अछाम जिल्लाको मेल्लेख गाउँपालिका-७, नन्देगडामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

साँफेबगरबाट नन्देगडा जाँदै गरेको से १ ज ९८६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा मेल्लेख गाउँपालिका-७, मौभेरीका कौशी साउँद र कित्थी साउँदको ज्यान गएको वडा अध्यक्ष नर बहादुर साँउदले जानकारी दिनुभयाे । जीप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको स्थानीय नृप बुढाले जानकारी दिनुभयाे ।

दुर्घटनामा घाइते हुनेमा जीप चालक निर्प साउँद, सहचालक जनक साउँद र मनिषा उपाध्याय रहेको र बाँकी दुई जनाको नाम ठेगाना खुल्न नसकेको स्थानीय नृप बुढाले जानकारी दिनु भयो । घाइतेको प्राथमिक उपचारपछि थप उपचारका लागि न्याय हेल्थ बयलपाटामा ल्याइएको प्रहरीले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्