बिराटनगरका राकेशको डाक्टरी संगै डान्सको लत , भन्छन ” डान्सर डाक्टर बन्छु”

<span class='c1'>बिराटनगरका राकेशको डाक्टरी संगै डान्सको लत</span> <span class='c2'>, भन्छन ” डान्सर डाक्टर बन्छु”</span>

भनिन्छ मान्छेलाइ जब कुनै कुराको लत लाग्छ , त्यस लतलाइ छुटाउन धेरै गाह्रो पर्ने गर्दछ , यस्तै लत लागेको एक युवा बिराटनगरमा रहेका छन् । उनको नाम राकेश घिसिंङ हो भने उनको लत भनेको नाच्नु हो , पेशा भने उनको डाक्टर हो । बिराटनगरको नोबेल मेडिकल कलेजमा उनि डेन्टल सर्जरीका अन्तिम बर्षका बिद्यार्थी हुन् ।

उनको लत नाच्नु हो , जुन उनि डाक्टरी संगै आफ्नो डान्सको चाहनालाइ पनि पुरा गर्दै लागिरहेका छन् । घर रामेछाप भएपनि काठमाडौंमा हुर्केका उनि अहिले बिराटनगरमा पढ़ाई साथै डान्सको करियर अगाडी बढाई रहेका छन् ।  सानै उमेरबाट डान्समा रुची राख्ने उनि स्कुल पढ्दा बिभिन्न कार्यक्रममा पहिलो हुन्थे , पढाईको सिलसिलामा पनि उनी स्कुलमा प्रथम नै हुन्थे ।

उनको जीवनको टर्निंङ पोइन्ट उनले एसएलसी दिएपछि आयो , उनि ब्रिज कोर्ष गर्ने छाडेर डान्स क्लासमा पहिलो पटक ठमेलको एक डान्स एकेडेमीमा भर्ना भए  । घरबाट ब्रिजकोर्ष पढ्न आएको पैसाले उनि डान्स इन्स्टिच्युट धाउन थाले , परिवारले पढाईलाइ प्रमुख प्राथमिकता दिनु भन्दा पनि उनि जिद्दी गरेर पनि डान्समा लागे । पछी बुबाको साथले उनि डान्स सिक्ने कामलाई निरन्तरता दिए ।

[caption id="attachment_94502" align="alignnone" width="960"] वर्ल्ड डान्स लिगमा प्रस्तुति दिदै उनि[/caption]

+२ पढ्दै गर्दा पढाइ र डान्सलाई संगसंगै लागेका उनि कलेज पछिको समय डान्स इन्स्टिच्युट मै बिताउथे । डान्समा रुची भएपनि उनलाई डाक्टर भने बन्नु थियो , उनले अरु जस्तो त्यो रमाइलो गर्ने उमेरमा रमाइलो गरेनन , पढाइ र डान्स साथमा लाने उनको इच्छालाइ अन्य कुराले बाधा नबनाओस भनेर उनि लागिरहे । उनलाई डाक्टर त बन्नु थियो नै तर पैसा तिरेर हैन छात्रवृत्तिमा । घरमा डाक्टर पढाउन सक्ने आर्थिक हैसियत थिएँन , छात्रवृत्तिमा नाम निकाल्न धेरै गाह्रो , त्यसैमाथि डान्स पनि छाड्न नसक्ने उनको बाध्यता । दिनरात मेहनत गरेर नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको छात्रवृत्ति कार्यक्रममा उनि पर्न सफल भए । उनलाई एमबीबीएस डाक्टर बन्ने इच्छा त थियो तर अंकको कारण बिडीएस (डेन्टल सर्जन) भए पनि उनले पढ्ने निधो गरे ।

बिराटनगरमा आएपछि ड्रिम डान्स स्टुडियोमा उनले बिबोईङ सिकाए । पछी टच डान्स ग्रुपका निश्चल मगर संग उनको भेट पछी उनि डान्समा अझ तल्लिन बने । बिराटनगर लगायत पूर्वमा हुने कार्यक्रममा उनले पर्फर्म गरे । उनि उक्त समुहका एक मुख्य पत्र बन्न सफल भए। त्यसपछि उनले भारतको रियालिटी शो डान्स प्लसमा पनि अडिसन दिए  । उनले काठमाण्डौको अडिसन दिए त्यहाँ सफल भएनन् , उनि त्यसपछि डान्स प्लस कै भारतको सिलगुडीमा गए अडिसन दिन । सफलता त हात लागेन उनलाई तर अनुभब र प्रेरणा भने टन्न पाए ।

[caption id="attachment_94503" align="alignnone" width="960"] अस्पतालमा बिमारीको उपचार गर्दै उनि[/caption]

त्यसपछी आयो वर्ल्ड डान्स लिगको पालो , उनि त्यसमा फाइनलमा पुगे । अब भने उनलाई धेरैले सामाजिक संजाल र व्यक्तिगत रुपमा फलो गर्न थालिसकेका थिए । उनले पहिलो पटक आयोजना भएको २०१७  सालमा बिराटनगरमा भएको गफ डान्स ब्याटलको बिजेता पनि बने । २०१८ सालमा भएको त्यसै कार्यक्रमको दोस्रो सिजनमा भने उनि निर्णायक बन्न सफल बने  ।

उनका अनुसार उनलाई यी दुवै क्षेत्रमा आफ्नो भबिस्य बनाउन मन छ ।  मानिसहरुले उनको यो प्रतिभा देखेर निक्कै खुसी भएको र स्याबासी दिएको उनि सुनाउछन । भन्छन "म डान्सर डाक्टर बन्छु" 

प्रस्तुति : बिबेक दाहाल /ओबी मिडिया 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्