मोबाइलको रिचार्ज कार्ड घुस लिने ट्राफिकलाई कारवाहीको माग

<span class='c1'>मोबाइलको रिचार्ज कार्ड घुस</span> <span class='c2'>लिने ट्राफिकलाई कारवाहीको माग</span>

काठमाडौँ, भदौ १६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार रुपियाँ र मोबाइलको रिचार्ज कार्ड घुस लिएको दाबीसहित दुई ट्राफिक प्रहरीमाथि सजायको माग गरेको छ । आयोगले दुवैविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । सजाय माग गरिएकोमा ट्राफिक पोस्ट बनेपामा कार्यरत हवल्दार रामहरि मानन्धर र प्रहरीजवान हरिचन्द्र बानियाँ छन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले सवारीसाधन परीक्षणका क्रममा बालुवा ढुवानी गर्ने टिप्परबाट उहाँहरू दुवैले दुई हजार रुपियाँ घुसबापत लिएको दाबी गर्नुभयो । उहाँले अनुसन्धानका क्रममा बानियाँबाट आयोगको टोलीले दुई हजार ९०० रुपियाँको विभिन्न कम्पनीको रिचार्ज कार्ड र मानन्धरबाट घुसबापतको रुपियाँसहित एक हजार २०० रुपियाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्