बैंक लुटेरा चिनियाँ गिराेहलाई भेट्न राति नै पुगे दूतावासका कर्मचारी

<span class='c1'>बैंक लुटेरा चिनियाँ गिराेहलाई भेट्न</span> <span class='c2'>राति नै पुगे दूतावासका कर्मचारी</span>

काठमाडौं । नेपाली बैंकको एटीएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपालस्थित चिनियाँ राजदूतावासले चासो व्यक्त गरेको छ। पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्याकरका गिरोहलाई भेट्न महानगरिय प्रहरी परिसर काठमाडौं पुगेका थिए।

‘हामीले ती गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेपछि साँझ करिब ७ बजे नेपालस्थित चिनियाँ दूतावासका (फ्रष्ट सेक्रेटरी) फिङसाओलिन आउनु भएको थियो’ प्रहरी स्रोतले भन्यो। करिब डेढ घण्टा बसेका दुतावासका कर्मचारीहरुले परिसरका प्रमुख उत्तम सुवेदीलाई समेत भेटेका थिए। सुवेदीलाई भेटेर फिङसाओलिनले ती गिरोहले आफ्नो देशको बेइज्जत गरेको भन्दै राम्रोसँग अनुसन्धान गरिदिन आग्रह गरेको समाचार नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्