विराटनगर महानगरपालिकाले चारमहिना भित्र सबै काम अनलाईनबाट गर्ने, अन्य तहको यस्तो तयारी

<span class='c1'>विराटनगर  महानगरपालिकाले चारमहिना  भित्र सबै</span> <span class='c2'>काम अनलाईनबाट गर्ने, अन्य तहको यस्तो तयारी</span>

विराटनगर । जनसेवाका क्रममा हुने ढिलासुस्ती, अनियमितता, भ्रष्ट्राचार न्यूनिकरणका लागि मोरङका विभिन्न स्थानीय तहमा प्रविधि मैत्री सेवा सुरु भएको छ। मोरङमा रहेको एक महानगरपालिकासहित १७ वटा स्थानीय तह छन्। सबै स्थानीय तहले प्रविधिको प्रयोग गर्दै काम कारबाही गर्न थालेका छन् ।

विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीका अनुसार आउँदो चारमहिनासम्ममा सेवाग्राहीलाई महानगरपालिकाले अनलाइन सेवा दिने योजनामा रहेको छ। महानगरपालिकाले हाल राजश्व संकलन, लेखाको कामकार्वाही, योजना, विवाह दर्ता लगायतका काम प्रविधिबाटै गर्दै आएको छ।

अनलाइनबाट पारदर्शी, अभिलेख प्रणाली, सेवा प्रवाहका काम सरलसहज र ब्यवस्थित रुपमा गर्न सकिने बताएका प्रशासकीय अधिकृत अधिकारी भन्छन्, ‘सबै काम अनलाइनबाट गर्न केही समय लाग्छ। तथापी हामी निकट केही महिनामा महानगरवासीलाई अनलाइन सेवा उपलब्ध गराउनेछौ।’

सोही क्रममा उर्लाबारी नगरपालिकाले दैनिक कार्यमा सहजता, विकास निर्माणलाई प्रभावकारी बनाउन, सेवाग्राहीको काम कार्वाही चुस्तदुरुस्त बनाउन, भएका कामकार्वाहीको नियमनका लागि प्रविधीमैत्री वातावरण सुरु गरेको हो।

स्थानीय तहको दर्ता, चलानीदेखि जिन्सीसम्मका काममा प्रविधिको प्रयोग सुरु गरिएको नगरापालिका प्रमुख खड्ग फागोले बताए। नगर प्रमुख फागोका अनुसार बार्षिक बजेटको विभिन्न कार्यसमेत सफ्टवेयर मार्फतनै बन्ने गरेको छ।

फागो भन्छन, ‘विकास निर्माणलाई प्राथमिकता दिएका छौ। भ्रष्टाचार एवं विभिन्न खाले अनियमितता रोक्नका लागि महत्वपूर्ण हतियारका रुपमा प्रविधिको प्रयोगलाई लिएकाछौं। जसका कारण अनियमितता हुनेछैन।’

अर्कोतर्फ बेलबारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साहले विकास निर्माण लगायत विभिन्न योजनाको अनुगमनलाई प्रभावकारी बनाउन नयाँ सफ्टवेयर खरिद गरिएको जानकारी दिए।

मोबाइल एप्सको निर्माण गरि सञ्चालनमा ल्याएको बताएका साहले भने, ‘यसबाट नगरपालिकाको विभिन्न सुचना दिन र गुनासो बुझ्न सहज हुनेछ। साथै सोही सफ्टवेयरमार्फत वडामा भएको योजनाको सम्झौतादेखि अनुगमन समेत एकै ठाउँबाट गर्न सकिनेछ।’

प्रविधिको प्रयोग गरेर स्थानीय तहले सेवाप्रवाह गर्दा धेरै सुधार भेटिएको सेवाग्राहीको बुझाइ छ । सुन्दरहैंचा नगरपालिकाका बासिन्दा सन्तोष शर्माले मालपोत कर बुझाउन नगरपालिका जाँदा धेरै समय खर्चिनु पर्ने समस्या हल भएको बताउँछन्।

उनी भन्छन, ‘पहिले धेरै समय लाइनमा बस्दा समय खेर जान्थ्यो।अब सोही समयमा अन्य काम गर्न समेत समय मिलेको छ।’ बेलबारी नगरपालिकाले राजस्व संकलन समेत सफ्टवेयरको प्रयोगबाट बुझ्न थालेको छ। जसका कारण कम समयमा वडाबाट कति राजश्व संकलन भएको तत्काल जानकारी हुने गर्दछ।

सुन्दरहरैंचा नगरपालिकाले पनि बजेट निर्माणका क्रममा सफ्टवेयर नै प्रयोग गर्ने गरेको छ। नगरपालिकाका लेखा अधिकृत टेकनाथ रेग्मी अनुसार राजस्व संकलन तथा सम्पति मूल्याँकन, घर नक्सा, योजना, पञ्जीकरण लगायतका काम प्रविधिको प्रयोग गरेर गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्