२० लाख नदिए हत्याको धम्की दिने पक्राउ

<span class='c1'>२० लाख नदिए हत्याको</span> <span class='c2'>धम्की दिने पक्राउ</span>

काठमाण्डाै ।  एक महिलालाई चिट्ठी दिएर २० लाख रुपैयाँ नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाण्डौ बालाजुबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको बेनिघाट-रोराङ गाउँपालिका-५, घर भई नयाँ बजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । कँडेलले भदौ १३ गते महिलालाई चिट्ठी पठाएर रु २० लाख माग गरेको र यदि पैसा नदिए छोरीलाई हत्या गर्ने र घरमा समेत बम पड्काउने धम्की दिएको प्रहरीले जनाएको छ ।

भदौ १७ को मिति दिँदै बालाजुको पुलनजिक आएर पैसा दिन चिट्ठीमा भनिएको थियो । त्यही सूचनाका आधारमा नक्कली पैसा लिएर गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनले नेत्रविक्रम चन्दको नाम लिएर धम्क्याउँदै आएको खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्