वीरगञ्जमा गोली चल्यो, एक पक्राउ

<span class='c1'>वीरगञ्जमा गोली चल्यो,</span> <span class='c2'>एक पक्राउ</span>

वीरगञ्ज । प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा गोली चलेको छ। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियमित चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै हतियार देखाई भाग्ने क्रममा प्रहरीले मंगलबार राति गोली प्रहार गरी एक जनालाई प्रक्राउ गरेकाे छ।

वीरगञ्ज महानगरपालिका १६ बस्ने सन्तोष दासले प्रहरीलाई हतियार देखाउने चेकजाँचका लागि खटिएको प्रहरीले दासको दायाँ खुटामा गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। उनको साथ १७ राउण्ड गोली र हतियार पनि बरामद भएको छ। घाइते दासको वीरगञ्ज नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता अनन्तराज शर्माले जानकारी दिए।  दास यसअघि पनि कर्तव्य ज्यान मुद्दामा ९ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्।  उनी भारतमा बस्दै वीरगन्जमा उद्योगी व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने गर्थे। उनी सुपारी लिएर व्यक्ति हत्या गर्न वीरगन्ज आएको समयमा प्रहरीको फन्दामा परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्