आफन्तको खोजीमा विराटनगर आएका बृद्ध अन्ततः आश्रम पुगे (भिडियो रिपोर्ट)

<span class='c1'>आफन्तको खोजीमा विराटनगर आएका बृद्ध अन्ततः</span> <span class='c2'>आश्रम पुगे  (भिडियो रिपोर्ट)</span>

विराटनगर । एक हप्ता अगाडी विराटनगरमा आफन्त खोज्दै आएका भोजपुरका ७६ बर्षिय खडानन्द शर्मा चौलागाइले विराटनगरमा कोही भेटेनन् ।

एक सातासम्म विराटनगरका बिभिन्न ठाउँमा भौतारिएका चौलागाई आफन्त कोही नआएपछि विराटनगरका युवा अभियान्ताहरुले उद्धार गरी सुनसरी चतरामा रहेको एक आश्रमको पुर्याएका छन् ।
१८ बर्षको उमेरमा नै ५० बर्ष अघि भोजपुर छोडर भारतमा काम गर्न गएका खडानन्द विराटनगरमा आफन्त खोज्दै आएका थिए । तर एक सातासम्म कोही आफन्त फेला नपरेपछि उनी अलपत्र अबस्थामा थिए । खडानन्दलाई विराटनगरका सामाजिक युवा अभियान्ताहरुले विराटनगर १ मा रहेको श्री पञ्चेश्वर मन्दिरमा बस्नको लागि व्यवस्था गरिदएका थिए । उनलाई खाना तथा बस्नको ती युवाहरुले नै व्यवस्थापन गरे ।
विराटनगर महानगरपालिकाले उपलब्ध गराएको गाडीबाट उद्दार गरी विराटनगरबाट ईलाका प्रहरी कार्यलय चतराको रोहबरमा आश्रम लगिएको छ ।
उनलाई खोज्न कोही नआएपछि पाईला परिवर्तनका लागी हातेमालो, दाह्री ग्याङ्ग लगायतको समुहले चतरामा रहेको गीता ब्रमचिन्तन योग आश्रम चतराधाममा बस्नको लागाी व्यवस्थापन गरिदिएका छन् ।
५० बर्ष अघि नेपाल छोडेर भारत पुगेका खडानन्दलाई आफन्त परिवार भेट्ने रहर हुदाँ हुदै उनको ईच्छा पुरा हुन पाएन । आफन्तलाई खोज्दा खोज्दै भौतारिएका उनीहरुलाई उनी अब आश्रममा पुगेका छन् ।

https://www.facebook.com/ourbrt/videos/479904802589169/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्