प्रदेश सवारी तथा यातायात : ब्याक गरेर मार्नेलाई सामान्य सजाय नभई जन्मकैदको ब्यवस्था गर्न माग

<span class='c1'>प्रदेश सवारी तथा यातायात :  ब्याक गरेर</span> <span class='c2'>मार्नेलाई सामान्य सजाय नभई जन्मकैदको ब्यवस्था गर्न माग</span>

विराटनगर । सवारी सम्वन्धी कसुर र त्यसमा हुने दण्ड सजायका सम्वन्धमा स्पष्ट व्यवस्था गर्न र दस्तुर असुली सम्वन्धी अधिकांश प्रावधान हटाउन प्रदेशसभा सदस्यहरुले माग गरेका छन् ।
प्रदेश सवारी तथा यातायातका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल गर्दै प्रदेशसभा सदस्यहरुले सवारी सम्वन्धी धेरै कसुर हुने तर समग्रमा दण्ड सजायको व्यवस्था हुँदा समस्या पर्ने तर्फ ध्यान दिन आग्रह गरेका हुन । सांसद अम्बिका थापाले ब्याक गरेर ज्यान लिने चालकहरुलाई सामान्य सजाय नभई जन्मकैदसम्मको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । त्यस्तै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सवारी साधनलाई आवश्यकता भन्दा बढी चेकजाँच गर्ने गरी कसुरहरुको व्यवस्था गर्ने र दस्तुरहरु लिने प्रावधान राख्न भ्रष्टाचार र अनियमितता बढ्ने तर्फ सचेत गराउनुभयो ।
सांसद जयराम यादवले सवारी साधन खरिद गर्दा त्यसको सञ्चालन अवधि निर्धारण गरेर एकैपटक कर लिने व्यवस्था गर्नु राम्रो हुने बताउनुभयो । उहाँले परिवार भित्र नामसारी गर्दा दस्तुर लिने व्यवस्था हटाउनु पर्ने पनि बताउनुभयो । यस्तै सांसद सुयर्माराज राईले मोरङको बेलबारीमा साहारा बालग्रामको नाममा रहेको जमिन व्यक्तिको नाममा लैजाने कार्यमा संलग्न पूर्व सांसद हर्कमान तामाङ लगायतका व्यक्तिलाई कारवाही गर्न र संसदीय छानविन समिति बनाउन माग गर्नुभयो ।
बैठकको शुन्य समयमा प्रदेशसभा सदस्य कृष्णकुमारी राईले जन्मको आधारमा नागरिकता पाएका नागरिकको सन्तानहरुको विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्