सिई ग्रुपले विराटनगरमा पनि इन्डिभिज्युल होम(भिल्ला)बनाउने,एक अर्ब  लगानी

<span class='c1'>सिई ग्रुपले विराटनगरमा पनि</span> <span class='c2'>इन्डिभिज्युल होम(भिल्ला)बनाउने,एक अर्ब  लगानी</span>

विराटनगर। सिई ग्रुपले विराटनगरमा पनि इन्डिभिज्युल होम(भिल्ला)बनाउने भएको छ। समूहले विराटनगर वडा नम्बर ७ सरस्वती टोलमा एक अर्ब  लगानीमा ३१ वटा घर बनाउने भएको हो।सिई ग्रुपका व्यापारिक साझेदार सुरेश राठीका अनुसार कोलोनी निर्माणका लागि २३ कट्ठा जमिन खरिद भइसकेको छ र नक्सा निर्माण भइरहेको छ।

‘दुई हप्ताभित्रनक्शाको अन्तिम रूप आइसक्छ, त्यसपछि कार्यालय खोलेर कोलोनीका घरको बुकिङ सुरु गरिनेछ’,व्यवसायी राठीले भने,‘कोलोनीको नामकरण सिई कोलोनी गरिएको छ। यहाँ सरदर १८ सयवर्ग फिटका अढाई तले ३१ वटा घर पिलर सिस्टमका हुनेछन्। घरको मूल्य २ करोड २० लाख रुपैयाँ राखिएको छ। एक घरको क्षेत्रफल ९ देखि ११ धुर हुनेछ।’

कोलोनीभित्र मन्दिर समेत निर्माण गरिने उनले बताए।नेपालको सरकारी मापदण्ड अनुसारका दुई वटा रोड ७ र ८ मिटरका हुनेछन्। कोलोनीमा ग्रिनरी पार्क, कम्युनिटी हल र हेल्थ क्लब हुनेछ।राठीले थपे, ‘सिई कन्स्ट्रक्सन आइएसओ प्राप्त कम्पनी हो। हाउजिङका लागि यसको छुट्टै समहू  । विराटनगरमा दशैँ सकिने बित्तिकै काम सुरु गरिने । यहाँ ३ हजार जनाले काम गर्नेछन्। ग्राहकले ०७८ को दशैँमा गृह प्रवेश गर्न पाउनेछन्।’उनका अनुसार अपार्टमेन्ट कल्चर विराटनगरमा आइनसकेकोले इन्डिभिज्युल होम बनाउन लागिएको हो।

विराटनगरमा छोटो समयमा राम्रो व्यापार गरेका राठी घरजगगाका ठूला कारोबारी हुन्। उनले विशालग्रुप र मुन्दडा समूहसँगै सीता एअरमा पनि लगानी गरेका छन्।  बिजमाण्डु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्