विराटनगर विमानस्थलबाट दिल्ली उड्ने संभावना भएर पनि काम भएन, समन्वय नहुँदा ओझेलमा

<span class='c1'>विराटनगर विमानस्थलबाट दिल्ली उड्ने संभावना भएर</span> <span class='c2'>पनि काम भएन, समन्वय नहुँदा ओझेलमा</span>

विराटनगर । विराटनगर विमानस्थलको ब्यवस्थापनको सवालमा तीन तहको सरकारका बिचमा समन्वय नहुँदा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल निर्माण र विमानस्थलको आन्तरिक सुधारमा प्रभाव परेको छ । यी समस्या समाधान गरि बिमानस्थल ब्यवस्थापनमा तीन तहको सरकारको समन्वय गर्न संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित तयार भएका छन् । लामो समयदेखि विराटनगर विमानस्थलको ब्यवस्थापनको बारेमा संवाद गर्दै आएको संवाद समुह मोरङको आयोजनामा भएको संवादमा सरोकारवालाले विराटनगर प्रदेशको राजधानी भएकोले क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलको पहल थाल्न गरिएको आग्रहलाई सामान्य प्रशासन मन्त्री पण्डितले आफु त्यो बिषयमा गम्भीर भएर लाग्ने बताएका हुन् ।
संवाद पछि क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन २४ सय मिटरबाट काम शुरु गरि जग्गा अधिग्रहण गर्दा ३ हजार मिटरके नै कायम गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । आन्तरिक ब्यवस्थापनको सुधारका बिषयमा यात्रु प्रतिक्षालय, क्यान्टिनको ब्यवस्थापन गर्नुपर्ने सरोकारवाले कुरा उठाएका हुन् । प्रदेशको पहिचान झल्किनेगरी पर्यटन प्रवद्र्धन गर्न आवश्यक पर्ने सुचना बोर्ड राख्न प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले काम थाल्ने र अन्य सरोकारवालाहरुले समन्वय र सहयकार्य गर्ने सहमती बनेको छ । विराटनगरबाट सिधा उडान भर्नसक्ने प्रदेशका १४ वटा बिमानस्थल संघीय सरकार माताहतमा रहेका छन् । तर विराटनगरबाट तुम्लीङटारमा मात्र उडान भईरहेकाले विराटनगरबाट अन्य विमानस्थलमा उडान भर्न सरोकारवालको सुझावका आधारमा संघीय सरकारमा पहल थालिने पनि सहमती बनेको छ ।
छलफलका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले विराटनगर विमानस्थल संघर्ष समिति भनेर राखिएको नाम परिवर्तन गरेर सरोकार समिति राख्न संघर्ष समितिलाई आग्रह गरे । विराटनगर विमानस्थलमा पर्यटकीय स्थल झल्कने होर्डिङ बोर्ड राख्न सम्बन्धित कार्यालयलाई आग्रह गरे । उनले भने, समस्या कहाँ छ, भन्नु पर्यो, विराटनगर विमानस्थलको सुधार तथा पर्यटकीय क्षेत्र चिनाउने बोर्डहरु राख्न कुनै अबरोध आउन दिनु भएन ।’
‘मैले सघाउनु पर्ने कुराहरु सघाउनको लागि तयार छु, मन्त्री पण्डितले भने, विमानस्थलको कुरा केन्द्रीय बिषयबस्तु हो, प्रदेशसँग जोडेर जानु पर्छ अलग हुनु पर्छ भन्ने हैन ।’
ब्यापारीहरु बैठक गर्नको लागि बैंकक जान्छन्, त्यो रोकेर पर्यटन प्रवद्र्धन गर्नको लागि हाम्रो जस्तो सुबिधा कुनै देशमा नभएकोले माथिल्लो क्षेत्रलाई आधार बनाएर प्रबद्र्धनमा लाग्नु पर्छ । अहिले हाम्रा नेपालीले बिदेश घुम्नको लागि बिदेशी आएर खर्च गर्ने डलर भन्दा बढी खर्च नेपालीले बिदेशमा गएर गर्ने गरेको समेत आरोप लगाए ।
प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले काठमाडौँबाट पर्यटन क्षेत्रको विकासको लागि पोखरा र लुम्बीनीलाई मात्र हेर्ने काम भएको आरोप लगाउँदै प्रदेश १ लाई नहेरिएको बताए । अब प्रदेश १ मा पनि पर्यटक ल्याउन सक्नेगरी कामहरु हुनु पर्ने तर त्यसको लागि संघ सँग समन्वयको काम भईरहेको सुनाए । ‘एक्लै प्रदेशले केही काम गर्न सक्दैन, मन्त्री कुसियैतले भने, कानुनी रुपमा समस्या रहेकोले कानुनी रुपमा समाधान खोज्ने बाटो संघीय सरकारले गरिदिनु पर्यो ।’
नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराटनगरको मुभमेन्ट बढाउनको लागि दिल्ली, कोलकत्ता र गोवाको लागि उडान शुरु गर्नु पर्ने बताए । तर त्यसको लागि कसले काम गर्ने भन्ने नै अन्यौलता देखिएको उनको भनाई छ। संघीय सरकारले च्यापेर बस्ने अनी प्रदेश सरकारले आफ्नो माताहतमा ल्याएर संचालन गर्न नसक्ने जस्ता कुराहरुले गर्दा कसले चलाउने भन्ने बिषय नै महत्वपुर्ण भएको सुनाए । ‘प्रदेश भित्र सगरमाथा छ, हिमालहरु छन्, माउन्टेन फ्लाईट गरोँ, कार्कीले भने, ट्रान्जीटको रुपमा बिराटनगरलाई लिईनु पर्छ, बिराटनगर प्रति संघीयले हेर्ने दृष्टीकोण छैन । विमानस्थललाई क्षेत्रीय स्तरको बनाईनु पर्छ ।’
विमानस्थल संघर्ष समितिका संयोजक पुण्य भट्टराईले विमानस्थललाई क्षेत्रीय स्तरको नबनाईँदासम्म आन्दोलन नरोकिने स्पष्ट पारे । पर्यटन तथा नागरिक उड्ययन मन्त्रीबाट केही प्रतिबद्धताहरु आएकोले त्यसलाई कार्यान्वयनमा लैजाने बारेमा समय माग भए अनुसार संघर्ष समिति चुप लागेर बसेको स्पष्ट पारे ।
पर्यटन तथा होटल ब्यवसायी भविश श्रेष्ठ र राजन श्रेष्ठले विराटनगरबाट दिल्ली, कोलकता र गोवाको लागि उडान गर्ने बितिकै भारतीय पर्यटकहरु ह्वात्तै बढ्ने बताए । अहिले नेपालीहरु पनि बागडुग्रा विमानस्थल प्रयोग गरेर दिल्ली गएको अबस्थामा विराटनगरबाट दिल्ली उडान हुन कुनै समस्या नहुने बताए । प्रदेश भित्रका सबै बिमानस्थलहरुमा विराटनगरबाट नै आन्तरिक उडान गर्न सक्नु पर्ने भबिश श्रेष्ठले बताए । ‘केन्द्रबाट कसले दवाव दिएर उडान हुन नदिएको हो ? , उनको प्रश्न छ, पोखरामा धेरै ठाउँबाट उडान भएको छ, तर पुर्बमा के ले रोकेको छ ?’
विराट ब्यापार संघका अध्यक्ष सुजन थापाले विराटनगरबाट पहाडी रुटको उडान गर्ने बितिकै ब्यवसायीलाई पहाडी क्षेत्रमा ब्यापार गर्नको लागि सजिलो हुने बताए । अहिले बुद्ध एयरले बिराटनगरमा स्टे गरेर बिहानै उडान गर्दा मात्र पनि सजिलो भएको छ, अब पोखराको उडान गर्नु पर्छ, उनले भने ।
बुद्ध एयर विराटनगरका स्टेशन म्यानेजर कौशल भण्डारीले विमान कम्पनीहरुलाई पहाडी क्षेत्रमा उडान गर्नको लागि अप्ठेरो नहुने बताए ।
नेकपाका नेता बिनोद ढकालले एउटा समिति बनाएर अगाडी बढ्नु पर्ने बताए । समस्या मात्र देखिएपनि समाधानको लागि समिति बनाएर समाधान गर्ने गरी अघि बढ्नु पर्ने उल्लेख गरे । विराटनगर महानगरपालिकाका ईन्जीनियर अर्जुन थापाले स्थानीय सरकारको काम अप्ठेरोको बेलामा सहजता गराउने भएकोले जग्गा अधिग्रहणको बेला पहिला पनि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
संघर्ष समितिका सह संयोजक तथा बाटाका अध्यक्ष फणिन्द्र अधिकारीले विमानस्थलमा यात्रु प्रतिक्षालय भएपनि एक दुई फ्लाईट डिले हुने बितिकै समस्या हुने गरेको आरोप लगाए । यात्रुलाई विमानस्थल भित्र क्यान्टीन र खानेपानीको समेत सही ब्यवस्थापन नभएको स्पष्ट पारे । नागरिक उड्ययन प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाले बिमानस्थलको सुधारका लागि प्राधिकरणले काम गरिरहेको बताए । संवाद समुहसँग यस अघि पनि भएको सहमती कार्यान्वयनमा गईसकेको जानकारी दिँदै देखिएका समस्या र कमी कमजोरीलाई सुधारेर लैजाने प्रतिबद्धता जनाए । संवादमा युवा संघका नेता परशुराम बस्नेत, मनमोहन पोलिटेक्निकका सत्यनारायण चौधरी, पत्रकार महाप्रसाद खतिवडा, रविन भट्टराई, विद्यार्थी नेता ओसिम आलम, कपिल सुनार लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्