प्रदेश सरकारको गौरबको आयोजना : १ अर्ब ४० करोडमा विराटचोक–घिनाघाट सडक निर्माण शुरु

<span class='c1'>प्रदेश सरकारको गौरबको आयोजना : १ अर्ब</span> <span class='c2'>४० करोडमा विराटचोक–घिनाघाट सडक निर्माण शुरु</span>

विराटनगर । विराटचोक–घिनाघाट सडक खण्ड चार लेन हुने भएको छ । प्रदेश सरकारको पहिलो गौरबको आयोजना रुपमा २२ दशमलव ७ किलोमिटरलाई फोर लेन सडकको रुपमा निर्माणको काम शुरु भएको हो । सोमबार प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा एक कायक्रमका बिच सडकको सिलान्यास गरिएको हो ।

१ अर्ब ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने गरी आजदेखि काम शुरु भएको हो । तीन प्याकेजमा निर्माण सम्पन्न गर्ने गरी २ प्याकेजमा ठेक्का सम्झौता भईसकेकोछ । गत असार २९ गते भएको ठेक्का सम्झौता अनुसार निर्माणको काम श्रेष्ठ निर्माण कम्पनी र एपेक्स रमण निर्माण सेवाले निर्माण पुरा गर्नेछन् । निर्माण कम्पनीले २०७८ असार मसान्त भित्रमा निर्माण पुरा गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नु पर्ने पुर्वाधार विकास कार्यालयका प्रमुख शुसिल श्रेष्ठले जानकारी दिए ।
सम्झौता भएपनि अहिले निर्माण सामाग्री गिट्टी र बालुवाको उत्खनन्मा रोक लागेको अबस्थामा काम शुरु हुन नसकेकोले असोज १ गतेदेखि कामले गतिलिने श्रेष्ठले बताए ।
१ अर्ब ६० करोडको टेण्डर आब्हान गरिएकोमा १ अर्ब ४० करोडको ठेक्का स्वीकृत भएपछि सडक शिलान्यास भएको हो । सडकको केन्द्रबाट ३५–३५ फिटलाई दुई तर्फ बढाएर सडक विस्तारको काम हुने छ ।

प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको गौरबको आयोजनाको रुपमा शुरु भएको बताए । मुख्यमन्त्री राईले सिलान्यास भएको सडक प्रदेशकै नमुना बन्ने स्पष्ट पारे । उनले प्रदेश सरकारले नयाँ सोचका साथ फोर लेन सडक बनाउनु पर्छ भनेर सिलान्यास भएको सडक बृहत सोचका साथ आएको बताए ।अब नयाँ संरचना र नयाँ ब्यवस्थामा संकुचन सोच राखेर साँघुरो सोचाईको घेराबाट माथि उठ्नु पर्ने बताए। त्यही घेरालाई तोड्दै सरकारले नयाँ संरचना र विकासका कामलाई अगाडी बढाएको बताए । फोरलेन सडक निर्माणले मोरङका दुई पालिकालाई मात्र फाईदा नभई झापा, ईलाम, पाँचथर र ताप्लेजुङ सम्मलाई सुबिधा पुग्ने स्पष्ट पारे ।सडक प्रदेशको नमुना सडकको रुपमा बन्ने जानकारी दिँदै त्यसको लागि गुणस्तर र निर्धारित समय भन्दा अगाडी नै काम गर्नुपर्ने बताए । गुणस्तरमा कम्परमाईज नहुने बताउँदै यदी लापरवाही त्यसको परिणाम हेक्का राख्न ठेकेदार कम्पनीलाई सचेत गराए । उनले शिलान्यास भएको सडक गुणस्तर र फराकिलो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्