विराटनगरमा कोसेली महोत्सवको तयारी, ३० हजार दर्शकलाई देखाउन २५ लाख खर्च हुँदै

विराटनगरमा कोसेली महोत्सवको तयारी, ३० हजार दर्शकलाई देखाउन २५ लाख खर्च हुँदै

विराटनगर । विराटनगरमा प्रदेश स्तरीय कोसेली महोत्सव मेड ईन नेपाल २०७६ हुने भएको छ । ‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मुल नाराका साथ मेला हुन लागेको हो । यही असोज १० देखि १४ गतेसम्म बिराटनगरको जैन भवनमा कोसेली महोत्सव हुने जानकारी दिईएको हो । महोत्सव बारेमा जानकारी दिन उद्योग संगठन मोरङमा आयोजना भएको पत्रकार सम्मेलनमा महिला उद्यमी समितिले मेलामा घरेलु तथा कुटिर उद्योगहरुद्धारा उत्पादित वस्तुको व्यापार प्रबद्र्धन, महिलाद्धारा संचालित उद्योगबाट उत्पादित वस्तुको वजार पहु“च बढाउने जनाएको छ । महिला उद्यमी सन्तोष जैनले नया उत्पादन वारे जानकारी, उत्पादक र उपभोक्ता वीच सम्वन्ध विस्तार, कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रको विकास, अग्र्यानिक वस्तुको उत्पादन र उपभोगमा जोड दिँदै महिला तथा युवाहरुमा उद्यमशिलता विकासमा सघाउ पुग्नेगरी मेलाको आयोजन ागर्न लागिएको बताईन् ।
उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको आयोजनामा मेला हन लागेको हो उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. १, र विराटनगर महानगरपालिका सह आयोजक हुने मेलामा अग्र्यानिक उत्पादन, खानाको विभिन्न परिकार तथा सांस्कृतिक कार्यक्रम रहने जनाईएको छ । औद्योगिक उत्पादनहरु, हस्तकलाका सामाग्रिहरु, सिलाई कढाईका वस्त्रहरु, जुता चप्पल, ढाका तथा उनीका न्यानो कपडाहरु, श्रृगारका साधन, सूचना प्रविधि सहित घरायसी सामाग्रिहरु, विभिन्न किसीमका खानाका परिकारहरु रहने आयोजक समितिका सांयोजक तथा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष मनोज विक्रम शाहले बताए ।
आफ्नो उत्पादनको व्यापार प्रवद्र्धन तथा सूचना प्रवाह, नया“ उत्पादनबारे जानकारी, युवा तथा महिलाहरुको उद्यमशिलता विकासमा टेवा, उत्पादक र उपभोक्ता बिचको सम्वन्ध बिस्तार, उपभोक्ताहरु वीच सचेतना गर्नु पनी मेलाको उदेश्य रहेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । आद्योगिक, घरेलु तथा साना उद्योग र फुड स्टल ११२ स्टल रहने छन । मेलामा सर्वसाधार, उद्योगी÷व्यवसायी लगायत विद्यार्थी गरी करिब ३० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । मेला समापन गर्न करिब २५ लाख १० हजार लाग्ने अनुमन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्