बिराटनगरको मेरिल्याण्ड कलेजमा दशैँ कार्निभल हुने , सबिन राईको ब्याण्डले प्रस्तुति दिने

<span class='c1'>बिराटनगरको मेरिल्याण्ड कलेजमा दशैँ कार्निभल हुने</span> <span class='c2'>, सबिन राईको ब्याण्डले प्रस्तुति दिने</span>

बिराटनगर भदौ २६ ,

बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट (बिबिएम)को ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजले यस वर्ष दशैँ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कलेजका बिबिएम अध्यनरत ४ सय भन्दा बढी बिद्यार्थीहरुका लागि दशैँमा विशेष कार्यक्रम आयोजना गर्न लागेको कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले जानकारी दिए । असोज ९ गते कलेजमा उक्त कार्यक्रम आयोजना हुनेछ ।

दशैँ विशेष कार्यक्रममा नेपालका चर्चित गायक सबिन राइ सहितको ब्याण्डको बिशेष प्रस्तुति रहने छ साथै कलेजका बिद्यार्थीहरुको गायन तथा नृत्य , बिभिन्न खेल र खानाका स्टलहरु राखिने कार्यक्रम रहेको कलेजले जनाएको छ ।

सबै उपस्थित बिद्यार्थी तथा कलेजका सम्पूर्ण टिमले आफ्नो संस्कृति झल्किने पोशाक लगाएर इथिनिक डे मनाउने पनि कलेजको कार्यक्रम रहेको छ ।नेपालीहरुको महान चाड बडा दसैँको अवसरमा बिद्यार्थीहरुका लागि मनोरंजन साथै आफ्नो प्रतिभा देखाउने माध्यमको रुपमा कार्यक्रम हुन लागेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्