खेर जान्छ दान गरेको रगत

<span class='c1'>खेर जान्छ दान</span> <span class='c2'>गरेको रगत</span>

blood bagरगत अभाव हुन नदिन दिनहुँ रक्तदान कार्यक्रम हुने गरेका छन् ।  नयाँ पत्रिका दैनिकमा समाचार छ । अस्पताल तथा ब्लडबैंक रगत छैन भन्दै पन्छिएपछि बिरामीका आफन्त रक्तदाता खोज्न बाध्य हुन्छन् । तर, रगतको उचित व्यवस्थापन हुन नसक्दा रक्तदाताबाट प्राप्त झन्डै दुईतिहाइ रगत खेर जाने गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र ब्लडबैंकले त्यसरी रगत दुरुपयोग हुनुमा केही आफ्नो र केही अस्पतालहरुको कमजोरी रहेको छ । अस्पतालहरुले रगतको संस्थागत जिम्मा नलिई बिरामी पक्षलाई छुट्टाछुट्टै तवरले रगत लिन पठाउँदा प्राप्त रगतको सदुपयोग हुन नसकेको ब्लडबैंकको भनाइ छ ।

ब्लड बैंकका बरिष्ठ प्रशासकीय अधिकृत जीवनतारा भट्टले उपत्यकाका अस्पतालमा माग हुने चार सय पिन्ट रगत दैनिक उपलब्ध गराए पनि डेढसय पिन्ट मात्रै प्रयोगमा आउने गरेको बताए । उनले भने,‘दैनिक झन्डै चार सय युनिट रगत अस्पतालमा पठाइन्छ ।

त्यसरी लगिएकामध्ये अस्प्तालमा एक ५० युनिटजति मात्रै प्रयोग हुन्छ, सय जति हराउँछ । बाँकी एक सय ५० प्रयोग नभई ब्लडबैंकमै र्फकन्छ । त्यसरी फर्काइएकामध्ये झन्डै ७५ प्रतिशत काम लाग्दैन, हेमोलाइसिस भएर फाल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्