विराटनगर । डा. सिके राउतलाई ५ बर्ष अघि मोरङको रंगेली आमतोलाबाट जिल्ला प्रहरी कार्यालय मोरङले हिरासतमा लिएको थियो । रंगेली नगरपालिकाको वडा नम्बर–४ आमतोलामा शनिवार अपरान्ह सन्थाल समुदायको छात्ता पुजा समारोहमा त्यही ठाउँमा देखिए । 
तत्कालिन मधेश अभियानका क्रममा मोरङको रंगेली आमतोलबाट कार्यकर्ता प्रशिक्षण गरेर फर्किने क्रममा सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएको थियो । राष्ट्रिय अखण्डता विरोधी गतिविधिमा संलग्न रहेको भन्दै राउत मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अहिले जनमत पार्टीका अध्यक्ष भएपछि सोही ठाउँमा आएका राउतले कार्यक्रमलाई सम्बोधन गर्दै शोषित वर्गका लागि अधिकारको आवाज उठाएकै कारण जेल जीवन बिताउनु परेको सुनाए ।
राउतले अधिकारकालागि आवाज उठाएकै कारण आफुलाई हिरासतमा लिइएको दाबी गरे । २०७१ साल भदौ २८ गते मोरङको सोहि ठांउबाट पक्राउ गरिएका राउतले सो दिन आफुले सन्थाल समुदायको साहस गाथा मात्र बयान गरेको कारण पक्राउ गरिएको दाबी गरे ।
संथाल जातीको सास्कृतीक नृत्यको प्रदर्शन पछि हराउदै गएको संन्थाल जातीको मौलिक र धार्मिक नृत्यलाई राज्यले संरक्षण गर्नु पर्ने बताए ।
सरकारसंग भएको सम्झौता र पार्टीको आगामी कार्यदिशाका बिषयमा भने राउतले केही पनि बोलेनन् ।