जलवायु अनुकुल उन्नत उखु खेति सम्बन्धी दुई दिने तालिम बेल्हामा सम्पन्न

<span class='c1'>जलवायु अनुकुल उन्नत उखु खेति सम्बन्धी</span> <span class='c2'>दुई दिने तालिम  बेल्हामा सम्पन्न</span>

इस्टर्न सुगर मिल सुनसरीले आयोजना गरेको जलवायु अनुकुल उन्नत उखु खेति सम्बन्धी दुई दिने तालिमकर्ताको लागि तालिम सुनसरीको अमाहि बेल्हामा सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय वित्तिय संस्था आईएफसिको सहयोगमा आयोजना गरिएको सो तालिममा जिल्ला कृषि विकास कार्यालय मोरङ, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तथा सुगरमिलका जिटि र जिटिएहरुको सहभागिता रहेको थियो । प्रतिकुल अवस्थाको जलवायुमा पनि कसरी अनुकुल रुपमा उखु खेति गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको सो तालिममा जलवायु अनुकुल उन्नत खेति गर्ने प्रविधि, जमिनको तयारी, उखुमा यान्त्रीकरण, रोगकिराको व्यवस्थापन, उखुको कटाई तथा खुट्टिबालीको व्यवस्थापन लगायतका विषयमा जानाकारी गराईएका थयो । साथै उखुमा लाग्ने विभिन्न प्रकारका किरा, त्यसबाट बच्ने उपाय र रोग अनुसारको विषाधिको प्रयोगको विषयमा समेत जानकारी गराईएको थियो । उनिहरुलाई इस्टर्न सुगरमिल र आईएफसिका उखु प्राविधिकहरुले तालिम दिएका थिए । तालिममा सहभागि जेटि र जेटिएहरुले आ –आफ्नो क्षेत्रका कृषकहरुलाई यस विषयमा पुनः तालिम दिने प्रशिक्षक तथा आइएफसीका कार्यक्रम संयोजक नविन खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्