मनमोहन प्राबिधिक विश्व विद्यालय सम्बन्धी बिधेयक समितिबाट पारित

<span class='c1'>मनमोहन प्राबिधिक विश्व विद्यालय</span> <span class='c2'>सम्बन्धी बिधेयक समितिबाट पारित</span>

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय विधेयकमाथि छलफल गर्न बसेको सामाजिक विकास समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिखित असहमती जनाएको छ ।बैठकमा समितिका सदस्य तथा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले केही बुँदाहरुमा असहमती जनाएका थिए । समितिको बैठकमा आफ्नो असहमती लिखित रुपमा समितिमा राखेका छन् ।
कार्कीले फरक मत दर्ता गराउँदा पनि फेरी विधेयक छलफलमा लगिएन भने संसद भित्र लडाई लडाई शुरु हुने बताए । एउटा स्कुल ब्यवस्थापन समितिको जस्तो विश्व बिद्यालय बनाउन खोजिएको उनको भनाई छ । बिधेयकमा ब्यवस्था गरिएको प्राबधानले विश्वविद्यालय जस्तो नबनाईएको कार्कीले बताए । उनले भने ‘बोर्ड अफ गभर्नसले उपकुलपतिदेखि विश्वविद्यालयको चल अचल सम्पती बिक्री गर्न पाउने जस्ता प्राबधानहरु हेर्दा बिधेयक पार्टीको दस्तावेज जस्तो भएको छ ।’
कांग्रेसका तर्फबाट राखिएका संसोधन प्रस्तावलाई नसमेटेर एकतर्फी ढंगले बहुमतको आधारमा समितिले पारित गर्न खोजेको भन्दै लिखित असहमति प्रस्तुत गरिएको प्रमुख सचेतक कार्कीले बताए ।

सरीता थापाको अध्यक्षतामा बसेको बैठकमा नेकपाका सांसदहरुले समेत कतिपय बुँदाहरुमा असहमतीका बिच मौन स्वीकृत दिएको बताए । उपकुलपति नियुक्तिको बिषयमा बनाईएको प्राबधानले कुलपतिलाई अधिकार बिहिन बनाउन खोजेको समेत समितिको बैठकमा कुरा उठेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्