भद्रपुर र विराटनगरबाट उडेको जहाज काठमाडौँ अवतरण गर्न नसकेर बिराटनगर फर्कियो

भद्रपुर र विराटनगरबाट उडेको जहाज काठमाडौँ अवतरण गर्न नसकेर बिराटनगर फर्कियो

विराटनगर । विराटनगरबाट काठमाडौको लागि उडेको बुद्ध एयरको जहाज काठमाडौमा अवतरण गर्न नसकेर पुन विराटनगर फर्किएको छ । त्यस्तै भद्रपुरबाट काठमाडौँ उडेको दुईवटा जहाज पनि फर्किएर बिराटनगरमा अवतरण भएको छ ।
विराटनगर विमानस्थलमा बुद्ध एयरको तीनवटा, एति एयरलाईन्सको २ वटा गरी पाँचवटा जहाज बिराटनगर बिमानस्थलमा अबतरण भएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाले चन्द्रगढीबाट आएको दुईवटा र बिराटनगरबाट उडेको एउटा जहाज फर्किएको जानकारी दिए । विराटनगरबाट उडेको जहाज काठमाडौँमा अवतरण गर्न नसकेपछि बिराटनगर नै आएको छ ।
मौसममा आएको खराबीका कारण एति एयरलाईन्स र बुद्ध एयरलाईन्सको जहाज पनि काठमाडौको लागि उड्न सकेको छैन । २ घण्टा देखिको उडानमा भएको अबरुद्धका कारण बिराटनगर बिमानस्थल खचाखच भरिएको विराटनगरबाट काठमाडौको लागि उड्न बिमानस्थल पुगेका यात्रु चन्द्र उपाध्यायले जानकारी दिए ।
लगातारको वर्षाले मौसम बिग्रिएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको छ । भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

विमानस्थलबाट हुने उडान भने रोकिएको छैन । अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्