प्रदेश प्रमुखद्धारा विराटनगरमा संविधान दिवसको अवसरमा शुभकामना आदान प्रदान

<span class='c1'>प्रदेश प्रमुखद्धारा विराटनगरमा संविधान दिवसको</span> <span class='c2'>अवसरमा शुभकामना आदान प्रदान</span>

विराटनगर । नेपाल एकीकरण पश्चातको राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाले नेपालको धार्मिक, सांस्कृतिक र राजनैतिक विविधतालाई बुझ्न नसकेको प्रदेश १ का प्रमुख प्रा. डा. गोबिन्द बहादुर तुम्वाहाङले बताए ।

बिहिबार संविधान दिवस २०७६ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनको यस्तो भनाई आएको हो । विविध कारणले गर्दा नेपाली समाज वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैङ्गिक विभेदको शिकार बन्न पुगेको धारणा व्यक्त गे । उनले यस्ता सबै प्रकारका विभेदहरु निर्मुल पार्न, छुवाछूतको अन्त्य गर्न, आपसी सद्भाव र सहिष्णुतालाई बढाउन, आर्थिक समानता र समृद्धि बढाउन नेपाली जनताका प्रतिनिधिहरुबाट २०७२ आश्विन ३ गते उनीहरुको चाहना अनुरुपको संविधान प्राप्त भएको स्पष्ट पारे ।
नेपालको संविधानले अपनाएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अन्तर्गत नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिक मताधिकार, आवधिक निर्वाचन, पुर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका लगायतका बिषयहरु मुख्य बुँदाका रूपमा रहेकोे जानकारी गराए । नेपाली जनताको ठुलो त्याग र बलिदान स्वरुप प्राप्त भएको संविधान तिनै तहमा निर्वाचन भई पुर्ण रुपमा कार्यान्वयनमा आईसकेको प्रदेश प्रमुख तुम्बाहाङको भनाई छ ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता तथा प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवी, प्राध्यापक र विभिन्न सामाजिक संस्थामा आबद्ध पदाधिकारीहरुको उपस्थिती  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्