विराटनगर । कांग्रेसको अवरोधका बिच प्रदेश १ सभामा पेश भएको मनमोहन प्राबिधिक विश्वबिद्यालयको ब्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको आईतवारको संसद बैठकमा नारावाजीका बिच प्रतिवेदन प्रस्तुत भएकोमा सोमबार त्यो पारित भएको हो ।
[caption id="attachment_96202" align="alignnone" width="800"] सोमबार विधेयक पारित गर्ने क्रममा कांग्रेसका सांसदले मन्त्रीलाई रोष्टम जान रोक्ने प्रयास गरेका थिए । सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई रोष्टममा पुग्न निक्कै हम्मे परेको थियो । बैठकको सुरुमै कांग्रेसका सांसदहरुले नारावाजी गर्दै रोष्टम घेरेका हुन् । [/caption]
मर्यादा पालक जस्तै कालो कोर्टमा सदनमा देखिएका मन्त्री घिमिरे दौडिएर रोष्टममा पुगेका थिए । अस्वभाविक तरिकाले कांग्रेसका सांसदलाई छलेर रोष्टम पुगेका मन्त्रीलाई सत्तापक्ष नेकपाका सांसदले ताली बजाएर स्वागत गरेका थिए।
मन्त्री घिमिरेले होहल्लाकै बीच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पारित गरियोस् भन्दै प्रस्ताव पेश गरेपछि सो प्रस्ताव सभामुख प्रदिप कुमार भण्डारीले निर्णयार्थ पेश गरेपछि सत्तापक्षका सांसदले ‘हुन्छ’ भनेसँगै विधेयक पास भएको हो ।
रोष्टम घेर्न पुगेका कांग्रेसका महिला सांसदलाई पुरुष मर्यादा पालकले अस्वभाविक धरपकड गरेको भन्दै कांग्रेस सांसदले बेलबाटै सभामुखको ध्यानाकर्षण गराउन खोजेका थिए । यद्यपि सभामुखबाट उक्त कुराको कुनै सुनुवाई भने भएन। कांग्रेस सांसदहरु एकोहोरो बाटो छेक्ने कोशीस गर्दा मर्यादा पालकसँग धकेलाधकेलसमेत भएको थियो।
कांग्रेस अवरोधका कारण दुई पटक स्थगित भएको संसद बैठक आइतबार पनि नाराबाजीकाबीच संचालन भएको थियो। कांग्रेसका सांसदहरुले रोष्ट्रममा गएर संसदीय सर्वोच्चता कायम गर, अधिनायकवादी अभ्यास बन्द गर जस्ता नारा लगाएका थिए।
प्रदेशसभामा नेकपाको दुई तिहाई रहेको छ । नेपाली कांग्रेसको विरोधका बाबजुद सामाजिक विकास समितिको प्रतिवेदनसहित उक्त विधेयक आइतबार प्रदेशसभामा पेश भएको थियो । कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नस नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउने लगायतका प्रावधानमा असहमति जनाएको थियो ।