भूमिका पाख्रिन ।
लेटाङ । लेटाङ पुस्तकालयको आयोजनामा शनिबार लेटाङमा रंगकर्मी, साहित्यकार प्रकाश आङ्देम्बेसंग सपना, सिर्जना र संवाद कार्यक्रम सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको सभा हलमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा आङदेम्बेले आफ्ना उत्कृष्ट रचनाहरु प्रस्तुत गरेका थिए ।
उनले युवाहरुसंग चलचित्रको आफ्नो अनुभव, साहित्य संगको यात्रा बारे अनुभव साटेका थिए । कार्यक्रममा गजलकार कृष्ण काश्यप, याम थुलुङ लगायतले आफ्ना रचना बाचन गरे । युवाहरुलाई सकारात्मक बाटोमा अग्रसर गराउन समेत यस्ता कार्यक्रमले सहयोग गर्ने भन्दै आगामी दिनमा पनि साहित्यकार लगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई पुस्तकालयले युवाहरु संग साक्षात्कार गराउने पुस्तकालयका अध्यक्ष सुदेश वस्तीले बताए ।
कार्यक्रममा पुस्तकालयको टिम सहित, लेटाङ जेसिजका पदाधिकारी, युवा, पत्रकारहरुको उपस्थिति रहेको थियो । साथै पुस्तकालयले यस अघि पनि चर्चित साहित्यकार उपेन्द्र सुब्बा, रमेश सायन, सुदेश सत्याल लगायतका ब्यक्तित्व संग अन्तरक्रिया गरिसकेको छ ।