शिक्षकले गाली गरेपछि आत्महत्या गरेको अारोप

<span class='c1'>शिक्षकले गाली गरेपछि</span> <span class='c2'>आत्महत्या गरेको अारोप</span>

शिक्षकले मानसिक तनाव दिएका कारण सहपाठीले आत्महत्या गरेको भन्दै कावासोती नगरपालिका २ स्थित सेन्ट जोसेफ बोर्डिङ स्कुलका विद्यार्थीले मंगलबार विरोध प्रदर्शन गरेका छन्। कक्षा ९ मा अध्ययनरत १५ वर्षीय आरएन विकले आत्महत्या गरेका हुन्।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

विक लाई सोमबार विद्यालयमा बोलाएर शिक्षकले बदनाम हुनेगरी गालीबेइज्जती गरेपछि साथीले आत्महत्या गरेको विद्यार्थीको आरोप छ। सोही कक्षामा अध्ययरत सुरज बस्नेतलाई लाइनमा राखी लठ्ठीले हानेर शिक्षकले हात भाँचेको विद्यार्थीको आरोप छ। घटना घटेको उक्त विद्यालयका सञ्चालक दीपक लम्साल हुन्। उनी नवलपरासी प्याब्सनका अध्यक्षसमेत हुन्।

यसअघिअघि पनि शिक्षकहरूले विद्यार्थीलाई अनावश्यक रूपमा मानसिक र शारीरिक यातना दिने गरेको विद्यार्थीको आरोप छ। दुवै घटनाका दोषी शिक्षक लाई कारबाहीको माग गर्दै नाराजुलुससहित विद्यालयबाट निस्केको विद्यार्थीले केहीबेर राजमार्गसमेत अवरुद्ध गरेका थिए।

विद्यार्थीको आन्दोलनका कारण विद्यालयको पठनपाठन सोमबारदेखि बन्द छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्