हिन्दू धर्मसंस्कृतिका विकृति बारेको पुस्तक‘ओझेलका यार्थाथ’ विराटनगरमा मुख्यमन्त्रीले गरे विमोचन

<span class='c1'>हिन्दू धर्मसंस्कृतिका विकृति बारेको पुस्तक‘ओझेलका</span> <span class='c2'>यार्थाथ’ विराटनगरमा मुख्यमन्त्रीले गरे विमोचन</span>

कुमार लुईटेल ।

विराटनगर । प्राध्यापक डा. गणेश क्षेत्रीद्वारा लिखित पुस्तक ‘ओझेलका यथार्थहरु’ विमोचन गरिएको छ । विराटनगरमा सोमबार एक कार्यक्रमकाबीच प्रदेश १ मुख्यमन्त्री शेरधन राईले पुस्तकको विमोचन गरेका हुन् ।

राईले क्षेत्रीद्वारा लेखिएको पुस्तकले प्रगतिशील सांस्कृतिक चेतनाको विकास गराउन कोषेढुंगा सावित हुने बताए । राईले भने,‘‘फरक दृश्टिकोणबाट लेखिएको पुस्तकको विषयवस्तु  अति नै महत्वपूर्ण र सान्दर्भिक छ ।’’ सचेतनासहितको समाज निर्माणका लागि प्रदेश सरकारले प्रगतिशील एकेडेमी बनाउने राईले जानकारी गराए ।

विमोचन कार्यक्रमा प्रा डा बद्रीविशाल पोखरेलले हिन्दुधर्म र संस्कृतिको कतिपय विकृतिका सन्दर्भमा लेखिएको पुस्तक आस, त्रास र बतासबाट मुक्त्त रहेको बताए ।  उनले भने,‘‘अन्धविश्वासको भासमा फसेर समाजवाद आउँदैन ।’’ प्राध्यापक कृष्ण पोखरेलले ‘ओझेलका यथार्थ’ हिन्दुधर्म, संस्कृति, वेदपुराण, रामायण र महाभारत आदि ग्रन्थहरुको सत्यता बुझाउन लेखिएको दाबी गरे । उनले धर्म र संस्कृतिमा रहेका भय नहटुञ्जेल समाज प्रगतिशील हुन नसक्ने बताए ।

लेखक क्षेत्रीले धर्मसंस्कृतिमा मौलाएको अन्धविश्वासले दुई हजार ६ सय वर्षदेखि नै विभाजन आउन थालेको भन्दै वेदशास्त्र जाति व्यवस्थाको ‘म्गानाकार्टा’ भएको भन्दै अर्थ्याए । उनले सत्ता र देउताका बिचौलियाहरुले धर्मसंस्कृतिमा अन्धविश्वास तथा आडम्बर भरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्