दशैँमा च्याउ : स्वादिलो च्याउको परिकार बनाउने तरिका !

<span class='c1'>दशैँमा च्याउ : स्वादिलो च्याउको</span> <span class='c2'>परिकार बनाउने तरिका !</span>

एजेन्सी
अनेकौं तरिकाले च्याउ बनाउन सकिन्छ । गोलभेंडा वा प्याज हालेर वा अन्य तरिकाले बनाइएको च्याउ खान स्वादिलो हुन्छ । यो बेक्ड च्याउको परिकार बनाउने विधि हो ।

सामग्री

तेल एक ठूलो चम्चा
लसुन एउटा
प्याज ६५ ग्राम
भेडेखुर्सानी ११० ग्राम
उमालेको च्याउको स्टेम ३० ग्राम
च्याउ १६ वटा डल्ला
नून एक चम्चा
मसला एक चम्चा
मरिच एक चम्चा
मोजारेला चीज

विधि

एउटा प्यानमा तेल तताउनुस् । त्यसमा लसुन हालेर तीन मिनेटसम्म भुट्नुस् ।

अब त्यसैमा प्याज भुट्नुस् ।

अनि मरिच र उमालेको च्याउको स्टेम हालेर मज्जाले हल्लाउँदै सात मिनेटसम्म पकाउनुस् ।

त्यसपछि नून, मसला र मरिच हालेर मिसाउनुस् ।

यो मिश्रणलाई एउटा भाँडोमा राख्नुस् ।

त्यसलाई सबै च्याउका डल्लामा समान मात्रामा भर्नुस् ।

प्रत्येक च्याउमा मोजारेला चीज हालेर ट्रेमा राख्नुस् ।

अब सबैमा मसला छर्किनुस् ।

त्यसपछि ओभनमा १८० डिग्री सेल्सियसमा प्रिहिट गरेर १० मिनेटसम्म च्याउलाई बेक गर्नुस् । चीज नपग्लिएसम्म बेक गर्ने हो ।

अब पस्किनुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्