विराटनगर तिनटोलियामा ३ लाख ५० हजार बराबरको भन्सार छली ल्याएको सामान भेटियो

विराटनगर तिनटोलियामा ३ लाख ५० हजार बराबरको भन्सार छली ल्याएको सामान भेटियो

विराटनगर, २५ असोज । विराटनगर १० तिनटोलियाबाट  भन्सार छलि ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।
रानी भन्सारमा चेकजाँच नगराई भन्सार छलि ल्याएको करिब ३ लाख ५ हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवत्ता डिएसपी राजकुमार खिउजुले जानकारी दिनुभयो ।
प्रहरीको गोप्य सुचनाको आधारमा शनिबार विहान १० बजेको समयमा विराटनगर १० तिनटोलियाबाट भारतबाट भन्सार छली ल्याएको कपडा र धाराको गेटवल वेवारिसे अबस्थामा प्रहरी टोलीले बरामद गरेको छ । बरामद गरिएका समानहरु विराटनगर भन्सार कार्यालय रानी पठाईएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्