नेपाली काङ्ग्रेसले आज देशभरी शुुभकामना आदान प्रदान गर्दै, मोरङमा ११ बजेदेखि तयारी

<span class='c1'>नेपाली काङ्ग्रेसले आज देशभरी शुुभकामना आदान</span> <span class='c2'>प्रदान गर्दै, मोरङमा ११ बजेदेखि तयारी</span>

विराटनगर । नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
काङ्ग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा असोज २६ गते अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, विभिन्न सञ्चारमाध्यमका प्रमुख, पत्रकारलगायतका विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहने छ।
त्यस्तै मोरङ जिल्ला पार्टी कार्यालयले पनि बिहान ११ बजेदेखि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको पार्टी सचिव मोदराज घिमिरेले आवरबिराटनगरलाई जानकारी दिए । जिल्लास्थित सबै उच्च अधिकारीकारी, दलहरु, सांसदहरुको समेत उपस्थिती रहने घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्