३८ क्विन्टल सुन तस्करीका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ दुबईमा पक्राउ

<span class='c1'>३८ क्विन्टल सुन तस्करीका एक नाइके</span> <span class='c2'>कृष्ण गोपाल अग्रवाल ‘काले’ दुबईमा पक्राउ</span>

३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेका छन्।

तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

उनी गिरोहका मुख्य लगानी कर्तामध्ये एक हुन्।

दुईसाताअघि पक्राउ परेका कृष्ण गोपाललाई दुबईबाट नेपाल ल्याउन त्यहाँको प्रहरीसँग सहकार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले खोजी सुरु गरेलगत्तै गत वर्ष कृष्ण गोपाल दुई गएका थिए। झापा शिवसतासी नगरपालिका–६ का उनी कालु, काले तथा किसनजस्ता उपनामले चिनिन्थे। यस अघि सोही मुद्दामा फरार तीन अभियुक्त दुबईबाटै पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्