टंकी सुनवारीको सव स्टेशनको सि.टी पड्कीयो, विराटनगरको ८ वटा फिडरमा लाईन अवरुद्ध

<span class='c1'>टंकी सुनवारीको सव स्टेशनको सि.टी पड्कीयो,</span> <span class='c2'>विराटनगरको ८ वटा फिडरमा लाईन अवरुद्ध</span>

विराटनगर, २९ असोज । टंकी सुनवारीमा रहेको ३३÷११ के.भी सव स्टेसनको सि.टी पड्किएको छ । बुधबार अपाह्न्न ३ः बजेको समयमा टंकी सुनवारीमा रहेको सव स्टेशनको सि.टी पड्कीएको हो ।

अचानक विधुतमा समस्या आई सि.टी पड्कीएको नेपाल विधुत प्राधिकरण वितरण केन्द्र विराटनगरका प्रमुख राजिव सिहले जानकारी दिनुभयो । अहिले उत्त सव स्टेशनबाट वितरण हुने वटा फिडरमा लाईन अबरुद्ध हुने समेत सिहले बताउनुभयो । उहाँका अनुुसार आरती स्ट्रीप, कटहरी औधोगिक फिडर, एयरपोर्ट फिडर, कचनबारी फिडर,भृकृटी फिडर, झोराहाट फडर र नहर फिडरमा लाइन अवरुद्ध हुनेछ । ग्राहकहरुलाई सहज चाडो विधुत लाईन उपलब्ध गराउनको लागी अहिले धमाधम काम भईरहेका सिहले आवर विराटनगरलाई जानकारी दिनुभयो । उहाँका अनुसार बेलकी ७ देखी ८ बजे भित्रमा विधुत लाईन आईसक्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्