शालिकराम प्रकरण : रविबारे चितवन अदालतको आदेश सदर, बिदेश जान अदालतको अनुमति नचाहिने

<span class='c1'>शालिकराम प्रकरण : रविबारे चितवन अदालतको आदेश</span> <span class='c2'>सदर, बिदेश जान अदालतको अनुमति नचाहिने</span>

हेटौँडा । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उच्च अदालत पाटन हेटौँडा इजलासले चितवन जिल्ला अदालतको आदेश सदर गरेको छ। टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्ष र उच्च सरकारी वकिलको कार्यालयको रिटलाई सुनुवाई गर्दै यस्तो आदेश दिइएको उच्च अदालत पाटन हेटौँडा इजलासका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिए। तर, चितवन जिल्ला अदालतको अनुमतिमा मात्रै विदेश जान पाउने चितवनको आदेश भने बदर भएको छ।

योबाहेक अन्य सबै आदेश सदर भएको रजिष्ट्रार श्रेष्ठले बताएका हुन्।  चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा कार्यक्रम प्रस्तोता लामिछानेले साधारण तारिखमा रिहा हुनुपर्ने मागसहित निवदेन दर्ता गरेका थिए। आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका कार्यक्रम प्रस्तोता लामिछने, पत्रकार युवराज कँडेल र अस्स्मिता भन्ने रुकु कार्कीललाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दे सरकारी वकिलको कार्यालयले अदालतमा रिट दायर गरेको थियो।  उच्च रिटमाथि बिहीबार उच्च अदालत पाटन हेटौँडा इजलासलका न्यायाधीशद्वय चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशले यस्तो फैसला गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्