महिला क्रिकेटः लगातार दोस्रो जितको खोजीमा विराटनगर र चितवन

<span class='c1'>महिला क्रिकेटः लगातार दोस्रो जितको</span> <span class='c2'>खोजीमा विराटनगर र चितवन</span>

काठमाडौं– काठमाडौंमा जारी वुमन च्याम्पियन्स लिग (डब्लुसिए) क्रिकेट अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन तथा दोस्रो खेलमा चितवन राईनोज र ललितपुर फाल्कोनबीच खेल हुनेछ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर र पोखराबीचको खेल बिहान साढे ९ बजेबाट हुनेछ । विराटनगर प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । बिहिबार भएको खेलमा विराटनगरले ललितपुरमाथि शानदार जित हासिल गरेको थियो ।

त्यस्तै पहिलो खेलमा काठमाडौंसंग हारेको पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । टीयू मैदानमै हुने चितवन र ललितपुरबीचको खेल दिउँसो साढे १ बजेबाट हुनेछ । उद्घाटन खेलमा बलियो टिम काठमाडौंलाई हराएको चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।

पहिलो खेल विराटनगरलाई सुम्पिएको ललितपुर प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा रहनेछ । प्रतियोगितामा विराटनगर, चितवन र काठमाडौंले एक जित सहित २ अंक जोडेका छन् । ललितपुर र पोखरा अंक विहिन छन् ।

प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउने छ । यस्तै ब्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले ५० हजार र एक थान टिभिएस स्कुटर पाउनेछन् । यस्तै बेष्ट बलर र बेष्ट ब्याटरले २५–२५ हजार रुपैयाँ तथा ओमन अफ दि म्याचले पाँच हजार रुपैयाँ हात पार्ने छन् ।

कार्तिक ७ गतेसम्म चल्ने प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्