शिक्षक लक्षित प्रादेशिक वृत्तिमार्ग निर्देशन तालिम विराटनगरमा सम्पन्न

<span class='c1'>शिक्षक लक्षित प्रादेशिक वृत्तिमार्ग</span> <span class='c2'>निर्देशन तालिम विराटनगरमा सम्पन्न</span>

विराटनगर । विद्यार्थीहको बृत्तिमार्ग निर्देशनमा सहज होस् भन्ने उदेश्यका साथ विराटनगरमा ७ दिनसम्म संचालित बृत्ति मार्ग निर्देशन प्रशिक्षक तालिम सम्पन्न भएको छ । स्वीस सरकार विकासको आर्थिक सहयोग तथा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
इन्स्योर परियोजना अन्तर्गत बृत्तिमार्ग निर्देशनमा प्रविधिक सहयोग अन्तरगत साइको सोसियल रिसर्च एण्ड ट्रेनिङ्ग इन्टिच्युट, काठमाण्डौले प्राबिधिक सहयोग गरेको हो।
कार्यक्रम प्रदेश १ बाट छनौट भएका स्थानीय पालिकाहरु विराटनगर महानगरपालिका, त्रियुगा न.पा., कन्काई नगरपालिका र दुहवी नगरपालिका १८ वटा विद्यालयका ३४ जना शिक्षकहरु तलिममा सहभागी थिए ।
तालिममा सहभागी शिक्षकहरुलाई कक्षा ९ का विद्यार्थीहरुको रुची र चाहनाका बिषय पहिचान गरी उनीहरुको बृत्ति पहिचान गर्नमा सहजीकरण गराउन सहयोग मिल्ने जनाईएको छ ।
तालिममा सहभागी शिक्षकले विद्यार्थीहरुमा एसईई पछिको अन्योललाई समाधान गर्नको लागि यो तालिम महत्वपुर्ण भएको सुनाए । बालबालिकाको इच्छा र चाहना पहिचान नगरि अभिभावकले आफ्नो मात्र कुरा लाद्ने समस्याहरुलाई समाधान गर्नका लागि यो बृत्ति मार्ग र्निदेशनले सहयोग गर्ने पोखरीया माध्यामिक बिद्यालयका प्रधानाध्यापक खेम भट्टराईले जानकाररुी दिए । समापन कार्यसिटिईभिटीका प्रदेश १ का निर्देशक डा. शिव दाहाल उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्