आजबाट यमपञ्चक सुरु : यमदीप आज, कागतिहार भोलि

<span class='c1'>आजबाट यमपञ्चक सुरु :</span> <span class='c2'>यमदीप आज, कागतिहार भोलि</span>

काठमाडौ ।  प्रायः कागतिहारबाट यमपञ्चक सुरु हुन्छ। तर यसपटक भने यमपञ्चक शुक्रबारबाट सुरु हुन्छ, तर कागतिहार शनिबार मात्र परेको छ। शुक्रबार अपराह्न ४:३१ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकोले यसै दिनबाट यमपञ्चक सुरु हुने भएको हो। यमपञ्चकको पहिलो दिनको यमदीपदान शुक्रबार नै गर्नुपर्ने हुन्छ। यमराजलाई दीप अर्पण गर्ने संस्कार रात्रिकालीन भएकोले यो शुक्रबार त्रयोदशी तिथि रहँदा नै गर्नुपर्ने भएको हो।

तर प्रायः सँगै पर्ने कागतिहार चाहिँ बिहानको कर्म भएकाले यसलाई भोलिपल्ट शनिबार बिहान मात्र गर्न नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्देश गरेको छ। शनिबार कागतिहारसँगै धनवन्तरी जयन्ती पनि तोकिएको छ, तर धनतेरस भने शुक्रबार नै मनाउनुपर्ने समितिद्वारा स्वीकृत पात्रोहरूमा उल्लेख छ।

शुक्रबारबाट यमदीपदान गरेर यमपञ्चक सुरु भई शनिबार कागतिहार, कार्तिक १० गते आइतबार कुकुरतिहार र लक्ष्मीपूजा, कार्तिक ११ गते सोमबार गाईगोरुपूजा, हलितिहार र म्हपूजा तथा कार्तिक १२ गते मङ्गलबार न्हुदं अर्थात् नेपाल संवत्को नयाँ वर्ष र भाइटीका मनाउन समितिले आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्