काठमाडौै । सनी विश्वकर्माले 'आईएमई लोकस्टार'को उपाधि जितेका छन्। पहिलो संस्करणको उपाधिसँगै रोल्पाका साढे सत्र वर्षीय सनीले नगद ५० लाख रूपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवनबिमा पाएका छन्।
चेतन गोतामे, विनोद दनुवार तथा रामकुमार नेपाली पछिपार्दै उपाधि जितेका हुन्। यसैगरी रनरअप बनेका चेतन गोतामेले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन्।
सेकेण्ड रनर अप घोषित भएका विनोद दनुवारले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार प्राप्त गरे। शुक्रबार साँझ प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा भएको ग्र्याण्ड फिनालेमा पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जिते।