१४ कात्तिक, काठमाडौँ , पूर्व सभामुख कृष्णबहादुर महरालाई बिहिबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ ।
सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्नेबारे निर्णय हुने बताइएको छ ।
काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको म्याद बुधबार सकिएकोले बिहिबार अदालत उपस्थित गराउन लागिएको हो ।
महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनलाई पक्राउ गरिएको थियो ।