कपिलवस्तुको कृष्णनगर तनावग्रस्त, प्रहरीले गोली चलाउदा एकको मृत्यु

<span class='c1'>कपिलवस्तुको कृष्णनगर तनावग्रस्त, प्रहरीले</span> <span class='c2'>गोली चलाउदा एकको मृत्यु</span>

बुटवल– कपिलवस्तुको कृष्णनगर तनावग्रस्त भएको छ । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूकैबीच प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ ।
कृष्णनगरमा लक्ष्मीको मूर्ति बिसर्जन गर्ने क्रममा बिबाद भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेबाट कफर्यू आदेश जारी गरेको थियो ।

तर, स्थानीय हिन्दू र मुस्लिम समुदायबीच भएको झडपले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गर्नुपरेको प्रशासनले जनाएको छ ।

प्रहरीका अनुसार, स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा ६ जना स्थानीय घाइते भएका छन् । त्यो क्षेत्रमा अहिले सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्