मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर मृत्यु

<span class='c1'>मदिरा सेवन गरी घर जाने</span> <span class='c2'>क्रममा छिमेकीको पर्खालमा ठोक्किएर मृत्यु</span>

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

‘बढी मात्रामा मादक पदार्थ सेवन गरेकाले पर्खालमा ठोक्किएर निधारमा गहिरो चोट लागेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक गजेन्द्र ऐरले भने, ‘बिहान मात्रै गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।’ शव परीक्षणका अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्