सुकुटेमा बस दुर्घटनामा ९ को मृत्यु ४७ घाइते, बस नदीमा डुबेका कारण मृतकको संख्या बढ्न सक्ने

<span class='c1'>सुकुटेमा बस दुर्घटनामा ९ को मृत्यु ४७ घाइते,</span> <span class='c2'>बस नदीमा डुबेका कारण मृतकको संख्या बढ्न सक्ने</span>

काठमाडौ १७ कात्तिक । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनामा मृतकको संख्या ९ पुगेको छ ।
दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा ४७ जना घाइते भएका छन् । नदीमा डुबेको बसको उद्दार जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने उनले बताए । उद्दारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान भएको छैन । घाइतेमध्ये ४६ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनालाई पनि स्थानीय स्वास्थ्य संस्थाबाट धुलीखेल पठाउने तयारी भएको डीएसपी काफ्लेले जानकारी दिए ।
नदीमा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्दारमा जुटेका थिए । प्रहरीका अनुसार केही यात्रुलाई नदीले बगाएको पनि हुन सक्न् आशंकामा खोजी जारी राखिएको छ ।
अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्