आज हरिबोधनी एकादशी, विष्णु मन्दिरमा भक्तजनको घुँईचो

<span class='c1'>आज हरिबोधनी एकादशी, विष्णु</span> <span class='c2'>मन्दिरमा भक्तजनको घुँईचो</span>

काठमाडौं । आज हरिबोधनी एकादशी । सनातम धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाउने गर्दछन् । मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास आज कात्तिक शुक्ल एकादशीमा समाप्त हुने गर्दछ ।

पौराणिक कथनअनुसार यो समयमा विष्णु भगवान शयन अवस्थामा रहनु हुने हुँदा विवाह आदी कार्यहरु जुराउनु हुँदैन । तर आजदेखि विष्णु भगवान शयनबाट ब्युझने हुँदा विवाह आदी शुभ कार्यहरुका लागि उत्तम मानिन्छ । भगवान विष्णुको प्रतीक तुलसीको पनि आजै पूजाआज गर्ने गरिन्छ ।

आजको दिनलाई तुलसी विवाहको दिनको रुपमा समेत पुज्ने चलन छ । घरघरमा सजाइएको तुलसाको मठमा आज पवित्र विधि परम्परा अनुसार पूजा गरिन्छ । आजको दिन तुलसीको आयुर्वेद महत्वलाई समेत सम्झने गरिन्छ । आज काठमाडौं उपत्यकाका चार नारायणलगायत देशैभरका विष्णु मन्दिरमा भक्तजनको घुँईचो एवं विशेष मेला लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्