सोलुखुम्बु कात्तिक २७,
सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ ।
कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनलपार्क होटलमा मङ्गलबार बिहान ६ः४५ मा उनी मृत अवस्थामा भेटिएको हो ।
उनी एडभेन्चर प्रालि काठमाडौँमार्फत खुम्बु भ्रमणमा आएका थिए । यो वर्ष चार जना विदेशी पर्यटकको सुतेकै ठाउँमा ज्यान गइसकेको छ । लेक लागेर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।