सप्तरी मै यस्तो घटना : बोक्सीको आरोपमा महिलामाथि कुटपिट

सप्तरी मै यस्तो घटना : बोक्सीको आरोपमा महिलामाथि कुटपिट

देवरामप्रसाद यादव
सप्तरी, कात्तिक ३० गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ ईनरवाकी एक महिलालाई बोक्सी आरोपमा आफन्तबाटै कुटिएकी छन् ।
ईनरवा बस्ने मुसहरी टोलका बचेलाल मण्डलकी ४५ वर्षीया पत्नी श्यामबत्ति मण्डललाई बोक्सीको आरोप लगाउँदै आफन्तले निर्घात कुटपिट गरेका हुन् ।

आफन्तहर मोतीप्रसाद मण्डल, विनादेबी र अलका मण्डलले छोरा तथा गाईभैंसीलाई बोक्सी लगाएको भन्दै लात, मुक्काले निर्घात कुटपिट गरेको पीडितले बताएकी छिन् ।
कुटपिटबाट गम्भीर घाईते भएकी श्यामबत्तिको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचार भईरहेको छ ।

दुईमहिना अगाडि पनि बोक्सीको आरोपमा आफू र श्रीमानलाई समेत उनीहरुले खुट्टा भाच्ने गरी कुटपिट गरेको पीडित श्यामबतिले जानकारी दिइन् । सो समयमा कुटपिट घटनाबारे ईलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी दिएपछि स्थानीय जनप्रतिनिधि, प्रहरी तथा स्थानियको पहलमा अव उपरान्त कुटपिट नगर्ने भनी मिलापत्र गराइएको थियो ।

मिलापत्र भएको दुई महिना नबित्दै पुनः गालीगलोज, कुटपिट हुन थालेपछि परिवारको शान्ीि सुरक्षा मिलाईदिन पीडितका पति बचेलालले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्