नाता जोड्दै बेहोस बनाएर धनमाल लुट्ने समूह पक्राउ

नाता जोड्दै बेहोस बनाएर धनमाल लुट्ने समूह पक्राउ

चितवन, पुस २१ – चितवनको विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई रु १३ लाखभन्दा बढी रकम लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । अस्पताल, सार्वजनिक स्थानमा आउने वृद्धवृद्धा, सोझा मानिसलाई फकाएर नाता लगाई खानामा विभिन्न बेहोस हुने औषधि मिसाई बेहोस बनाएर गरगहना तथा पैसा लुट्ने तीनजनालाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ पक्राउ पर्नेमा मकवानपुरमा ४९ वर्षीय विष्णुबहादुर थापा, धादिङका ३० वर्षीय पूर्णबहादुर तामाङ र सिन्धुपाल्चोकका ५७ वर्षीय कुमार बस्नेत रहेको चितवनका प्रहरी निरीक्षक रुगम कुँवरले जानकारी दिए । उनीहरूले सात महिलाबाट गरगहना र पैसा गरी रु १३ लाखभन्दा बढी लुटपाट भएको प्रहरीले जानकारी दिएको छ । उनीहरूमाथि जबर्जस्ती चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्