विराटनगर, ५ मंसिर । विराटनगर– ६ शिव मन्दिर मार्गस्थित ब्यूटी टच मेकअप स्टुडियो एण्ड टे«निङ्ग सेन्टर संचालनमा आएको छ । मेकअप आर्टस सम्बन्धी माष्र्टस गरेकी विराटनगरकी सविता कार्कीले १४ लाखको लागतमा मेकअप तथा टेनिङ्ग सेन्टर संचालनमा ल्याएकी हुन् ।
बुधबारदेखी संचालनमा आएको टेनिङ्ग सेन्टरको सौन्र्दय कला व्यवसायी संघ नेपालकी केन्द्रीय सदस्य सन्तोषि श्रेष्ठ र राष्ट्रिय सैन्र्दयकर्मी यूनियन महानगर कमिटीकी अध्यक्ष सायदा तबस्सुमले रिबिन काटेर उद्घाटन गरेकी थिइन् ।
सम्पूर्ण किसिमको मेकअप र टेनिङ्ग लिन चाहने इच्छुकहरूका लागि ब्यूटी टच मेकअप स्टुडियो एण्ड टेनिङ्ग सेन्टर खोलिएको संचालक तथा ब्यूटिसियन सबिता कार्कीले बताइन् । उनले काठमाण्डौंमा मेकअपमा माष्र्टस गरेपछि विराटनगरमा टेनिङ्ग सेन्टर खोलिकी हुन् । कार्कीले काठमाण्डौंमा ३ महिनाको बेसिक कोर्ष, ६ महिनाको डिप्लोमा र १ महिनाको मास्टर कोष गरेपछि विराटनगरमा मेकअप र टेनिङ्ग सेन्टर संचालनमा ल्याएको उनले बताइन् ।