भोजपुरमा नकावधारीले लुगा धुन गएकी महिला दुबै स्तन काटिदिए

<span class='c1'>भोजपुरमा नकावधारीले  लुगा धुन गएकी</span> <span class='c2'>महिला  दुबै स्तन  काटिदिए</span>

भोजपुर । भोजपुरमा नकावधारीले लुगा धुन गएकी महिलामाथि आक्रमण गरेका छन्। भोजपुर षडानन्द नगरपालिका ८ की २८ वर्षीया एक महिलाको नकावधारीले बुधबार दुबै स्तन काटिदिएका हुन्। बुधबार बिहान स्थानीय खकुवा खोलामा लुगा धुन गएकी ती महिलालाई नकावधारी व्यक्तिले पक्रेर स्तनको दुबै निप्पल छिनाइदिएको प्रहरीले जनाएको छ। धारिलो हतियारले निप्पल छिनिएपछि ती विवाहित महिलाको अवस्था गम्भीर छ।

सदरमुकाम दिङ्लामा उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए। दिङ्लामा ती महिलाको सामान्य उपचार गरिएको थियो। घाउ हेर्दा धारिलो छुरा वा ब्लेडले काटेको अनुमान गरिएको स्वास्थ्यकर्मीलाई उदृत गर्दै मगरले जानकारी दिए। घटनामा कति जना व्यक्ति संलग्न थिए भन्ने खुलेको छैन। अलिअलि बोल्न सक्ने ती महिलाले घटनाबारे स्पष्ट बताउन सकेकी छैनन्। ‘कोही नजिकको मान्छेले कुनै रिसिइबीका कारण यस्तो घटना गराएको हुनसक्छ,’ मगरले भने।

घटनापछि संलग्न व्यक्तिको खोजीका लागि सलामी आफैं हिँडेका छन्। उनले घटनामा संलग्नको पहिचान भइनसकेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्