मन्त्री हेरफेर गर्नुले वर्तमान सरकार असफल : विश्वप्रकाश शर्मा

<span class='c1'>मन्त्री हेरफेर गर्नुले वर्तमान सरकार</span> <span class='c2'>असफल : विश्वप्रकाश शर्मा</span>

इनरुवा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल भएको बताएका छन् ।

नेपाल प्रेस युनियन धरान सुनसरीले धरान उपमहानगरपालिकामा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको वर्तमान सरकारका मन्त्रीहरुले राम्रोसँग काम गर्न नसकेका कारण मन्त्रिमण्डल पुनर्गठन भएकाले वर्तमान सरकार असफल भएको पुष्टि भएको बताए ।

केपी ओली शर्माले असफल मन्त्री भन्दै मन्त्री हेरफेर गर्नुभएकाले यो कुराको पुष्टि भएको कांग्रेस प्रवक्ता शर्माको भनाइ थियो । उनले सरकारको कमजोरीलाई लिपिबद्ध गरेर भर्खरै घोषणापत्र सार्वजनिक गरेको भन्दै उपनिर्वाचन सरकारको कामकाजको मूल्याङ्कन गर्ने अवसर भएको बताए ।

उनले सुनसरीको धरानमा मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेस तर्फका उम्मेदवार तिलक राइलाई मतदान गर्नका लागि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्