सेवाग्राहीसँग ५ लाख घुस लिँदालिँदै सिरहाका मालपोत प्रमुख रंगेहात पक्राउ

<span class='c1'>सेवाग्राहीसँग ५ लाख घुस लिँदालिँदै सिरहाका</span> <span class='c2'>मालपोत प्रमुख रंगेहात  पक्राउ</span>

सिरहा, ६मंसिर । सिरहा जिल्लाका मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सेवाग्राहीसँग घुस स्वरुप पाँच लाख रुपैयाँ लिँदालिँदै रंगेहात पक्राउ गरेको छ । सुकुम्बासीको जग्गा सम्बन्धी कागजात माग्न आएका सेवाग्राहीसँग मण्डलले घुस मागेपछि एक हप्ता अगाडि आयोगको बर्दिबास इकाइ कार्यालयमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा खटेको आयोगको टोलीले शुक्रबार कार्यालयमै घुस लिने क्रममा मण्डललाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्