अन्तराष्ट्रिय खबर

बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाखभन्दा बढी संक्रमित

बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका हुन् । यसअघि यहाँ एकै दिनमा ९६ हजारजना जतिमा यो भाइरसका सङ्क्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा द�. . .


भारतमा ओमिक्रोनबाट २१३ जना सङ्क्रमित

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना सङ्क्रमित भएका छन् । ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिक रुपमा थपिदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । ती मध्ये सवैभन्दा धेरै दिल्लीमा रहेका छन् । दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट सङ्क्रमित. . .


मलेसियामा बाढीबाट १७ को मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ । मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धार �. . .


अमेरिकामा पहिलो ओमिक्रोन सङ्क्रमितको मृत्यु

ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड-१९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएको विश्वास गरिएको छ । ह्यारिस काउन्टीको पूर्वी भागका करिब ५० वर्षीय व्यक्ति जसलाई खोप लगाइएको थिएन उनको सङ्क्रमणबाट मृत्यु भएको," ह्यारिस काउन्टी न�. . .


क्यालिफोर्नियामा भूकम्प

अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार मध्यराति ६.२ रिक्टर स्केलको भूकम्प गएको छ । क्यालिफोर्नियाको पेट्रोलिया भन्ने स्थानमा भूकम्प गएको हो । सो भूकम्पको केन्द्रबिन्दु ९.३ किलोमीटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । यो भूकम्पपछि सुनामीको खतरा भने नरहेको बताइएको छ । यसबाट भ. . .


सन् २०२२ कोभिड-१९ अन्त्य वर्ष हुनुपर्छ:विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ "२०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ। "वर्षको अन्त्यमा चाडपर्वहरू आउँदै गर्दा, "हामी सबै सामान्य परिवेशमा फर�. . .


भारतमा थप पाँच हजार ३२६ जना कोरोना सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप पाँच हजार ३२६ सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो संख्या ५८१ दिनको नै सब भन्दा कम भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । सोही अवधिमा थप ४५३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्य�. . .


अमेरिकामा ओमिक्रोनका सङ्क्रमित बढ्दै, विश्व स्वास्थ्य संगठनद्धारा क्रिसमसका कार्यक्रम रद्द गर्न आग्रह

अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको सङ्क्रमणमा सबैभन्दा धेरै सङ्क्रमण ओमिक्रोनका कारणले हुन लागेको देखिएको बताएका छन् । अमेरिकाका प्रमुख सङ्�. . .


बाढीका कारण इराकमा १२ को मृत्यु

अत्यधिक बर्षापछि आएको बाढीका कारण इराकमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । देशको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार दिएको जानकारीअनुसार कम्तीमा १५ क्षेत्रमा बाढीको प्रभाव परेको छ । बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण द�. . .


बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित

बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् । योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या ३७ हजा�. . .


तञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडीलाई कोरोना पोजेटिभ

ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ । यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पोजिेटिभ भएका बताइएको छ। यहाँका फुटबल अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनु�. . .


बम विस्फोटमा दुई जनाको मृत्यु, पाँच घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा एउटा गाडीमा भएको बम विष्फोटमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका प्रहरी र स्थानीय सञ्चारमाध्यमले आइतबार बताएका छन् । बाजौर जिल्लाको कमर सार क्षेत्रबाट राजनीतिक दलका कार्यकर्ता बोकेको गाडी गुड्ने क्रममा �. . .